CIVIL BANK

अब सिभिल बैंक ISO 9001:2015 प्रमाणित बैंक

18 Jul, 2019

समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक अब ISO 9001:2015 प्रमाणित बैंक बन्न सफल भएको छ । आज सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच ISO 9001:2015 को प्रमाणपत्र ISO certification को आधिकारिक संस्था URS-United Registrar of system का नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गर्नुभयो । 

ISO 9001:2015 प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नोसेवा र सुबिधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तरास्ट्रियस्तरको सेवा तथा सुबिधाहरु प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरुद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गरिएको प्रमाणीकरण पनि हो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ISO 9001:2015 प्रमाणीकरणसंगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु ग्राहकहरुकै चाहना अनुरुप आधुनिक डिजिटल बैंकिंगका प्रोडक्टहरु ल्याउने कुरा जनाउनु भयो ।

सिभिल बैङ्कका अध्यक्ष ई.इच्छा राज तामाङले अब सिभिल बैंकको सेवा तथा सुविधाहरु ग्राहकहरु केन्द्रित छन् र नियमनकारी निकाय हरुको सबै नियमहरुको पालना गरि अगाडी बढी रहेको संस्था भएको पुस्टि भएको र आगामी दिनहरुमा ग्राहकहरु कै सेवा मा केन्द्रित भएर अगाडी बढ्ने कुरा बताउनु भयो ।

यस बैंकको कुल शाखा संख्या ९६ छ । यस बैंकले समाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकले जनाएको छ ।